गोरखापत्र अनलाइन
काठमाडौं, साउन ११ गते । इन्डियन प्रिमियर लिग(आईपीएल)को बाँकी रहेको खेल आगामी सेप्टेम्बर १९ देखि यूएईमा हुने भएको छ । सुरु भएपछिको पहिलो खेलमा महिन्दर सिंह धोनीको चेन्नई सुपर किंग्सले साबिक विजेता मुम्बई मुम्बई इन्डियन्सको सामना गर्नेछ ।
आइतबार अबेर आईपीएलले बाँकी रहेको खेलको तालिका सार्वजनिक गरेको छ । ३१ वटा खेल २७ दिनसम्म चल्नेछ । चेन्नई सुपर किंग्सले सात खेलमध्ये पाँचमा जित हात पारेर दोस्रो स्थानमा रहेको छ । मुम्बई र चेन्नईपछिको खेल बैंग्लौर र कलकत्ताबीच अबुधाबीमा हुनेछ ।
नयाँ तालिका बमोजिम दुबईले क्वालिफायर एक र फाइनलसहित १३ खेल आयोजना गर्नेछ । आईपीएलको फाइनल खेल अक्टोबर १५ मा हुनेछ । शारजाँहले १० खेल आयोजना गर्नेछ । अबुधाबीले आठ खेल आयोजना गर्ने बताइएको छ ।
गत् मई महिनामा भारतमा प्रिमियर लिग भइरहँदा खेलाडी तथा खेल अधिकारी सङ्क्रमित हुन थालेपछि बीचमै अवरुद्ध हुन पुगेको थियो ।