logo
२०८१ मंसिर ९ आईतवार



शाहीद अफ्रिदी एभरेष्ट प्रिमियर लिग खेल्ने

क्रिकेट |
खेलकुद |


शाहीद अफ्रिदी एभरेष्ट प्रिमियर लिग खेल्ने
तस्विर–पीएसएल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ११ गते । अन्तर्राष्ट्रिय क्रिकेटमा दर्जनौं कीर्तिमान बनाउनुभएका पाकिस्तानका शाहीद अफ्रिदी एभरेष्ट प्रिमियर लिग(ईपीएल) खेल्ने सम्झौता गर्नुभएको छ । ईपीएलमा उहाँले काठमाडौं किंग्स एलेभनको प्रतिनिधित्व गर्नुहुनेछ ।
वेष्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलपछि अन्तर्राष्ट्रिय क्रिकेटका अर्का चर्चित ब्याट्सम्यान शाहीद अफ्रिदी समेत ईपीएल खेल्न सहमत हुनुभएको हो । काठमाडौं किंग्स एलेभनले सामाजिक सञ्जाल फेसबुकमा अफ्रिदीको अनुबन्धन सम्झौता भएको पुष्टिसहितको जानकारी साझा गरेको छ । काठमाडौं किंग्स एलेभनले फेसबुकमा “शाहीदले क्रिकेट प्रशंसकको भूमिमा केही छक्का र केही विकेट लिएको देख्न उत्साहित रहेको” उल्लेख गरेको छ ।
पाकिस्तानका अलराउन्डर शाहीद अफ्रिदीको नाममा दर्जनौं कीर्तिमान छ । उहाँले १८ वर्ष ३३३ दिन उमेरको छँदा शतक लगाएर आठौं सबैभन्दा कान्छो शतक लगाउने खेलाडीको कीर्तिमान बनाउनुभएको छ । तर अन्तर्राष्ट्रिय एकदिवसीयमा शतक लगाउने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान उहाँको नाममा छ । अन्तर्राष्ट्रिय एकदिवसीयमा ३२ पटक प्लेयर अफ द् म्याच हुनुभएका उहाँ चौथो सबैभन्दा बढी प्लेयर अफ द् म्याचको पुरस्कार जित्नुहुने खेलाडी हुनुहुन्छ ।
करिब १९ वर्ष १६९ दिन अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभएका अफ्रिदी पटक पटक सन्यासको घोषणापछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्नुभएको छ ।
मात्र ३७ बलमा शतक लगाएर तेस्रो सबैभन्दा छिटो शतक लगाउने कीर्तिमान शाहीद अफ्रिदीको नाममा छ । अब्राहम डिभिलियर्सले ३१ तथा कोरी एन्डरसनले मात्र ३६ बलमा शतक लगाउनुभएको छ ।
ईपीएलको चौथो संस्करण सेप्टेम्बर २५ देखि सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?