गोरखापत्र अनलाइन
काठमाडौं, साउन १२ गते । बङ्गलादेशका विकेटकीपर ब्याट्सम्यान लिटोन दास अष्ट्रेलिया विरुद्धको शृङ्खलाबाट बाहिरिनुभएको छ । पारिवारिक कारणले उहाँ शृङ्खला नखेल्ने हुनुभएको बङ्गलादेश क्रिकेट बोर्ड(बीसीबी)ले जनाएको छ ।
बीसीबीका अध्यक्ष अकरम खानले लिटोन दास पारिवारिक विषयवस्तुमा सहभागी हुनुपर्ने भएकोले अष्ट्रेलिया विरुद्धको शृङ्खलामा उहाँले नखेल्ने बताउनुभएको छ । अष्ट्रेलिया विरुद्धको शृङ्खलाका लागि २० सदस्यीय टोली घोषणा गरिएकोमा सुरुमा तामीम इकवाल र मुश्फीक्र रहिम बाहिरिदा अब १७ जना मात्रै बाँकी छन् ।
अष्ट्रेलिया विरुद्धको शृङ्खलाका लागि २० जुलाईदेखि नै खेलाडी क्वारेन्टिनमा छन् । जिम्बाब्वे विरुद्धको शृङ्खला खेल्न गएको टोली भने जुलाई २८ मा क्वारेन्टिनमा बस्नेछन् ।