logo
२०८१ मंसिर ९ आईतवार



खेलाडी सङ्क्रमित भएपछि श्रीलङ्का र भारतबीचको टी ट्वान्टी स्थगित

क्रिकेट |
खेलकुद |


खेलाडी सङ्क्रमित भएपछि श्रीलङ्का र भारतबीचको टी ट्वान्टी स्थगित
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १२ गते । भारत र श्रीलङ्काबीचको दोस्रो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल एक दिन पर धकेलिएको छ । मङ्गलबार बिहान भारतीय क्रिकेट टोलिका एकजना अलराउन्डरमा कोभिड १९ सङ्क्रमणको पुष्टि भएपछि साँझका लागि निर्धारित खेल स्थगित भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले भारत क्रिकेट टोलिका अलराउन्डर क्रूनाल पाण्डयामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । पाण्ड्याको सम्पर्कमा रहेका आठ जना खेलाडी आईसोलेशनमा बसेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) र श्रीलङ्काली क्रिकेट बोर्ड(एसएलसी)ले संयुक्त वत्तब्य जारी गरी मङ्गलबारका लागि निर्धारित दोस्रो टी ट्वान्टी अब बुधबार हुने तय भएको उल्लेख गरेको छ ।
नियमित परीक्षणको क्रममा एन्टीजेन परीक्षणको क्रममा आज बिहान क्रूनाल पाण्ड्यामा सङ्क्रमणको पुष्टि भएको छ । पाण्ड्याको रिपोर्ट आएपछि टोलिका सबै सदस्यको आरटीपीसीआर परीक्षण गरिएको छ ।
दुई राष्ट्रबीचको तीन खेलको श्रृखंलाको पहिलो टी ट्वान्टी भारतले ३८ ले जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?