logo
२०८१ मंसिर ९ आईतवार



दोस्रो टी ट्वान्टीमा श्रीलङ्काको जित

क्रिकेट |
खेलकुद |


दोस्रो टी ट्वान्टीमा श्रीलङ्काको जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १४ गते । श्रीलङ्काले दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेटमा भारतलाई चार विकेटले हराएको छ । जितसँगै तीन खेलको टी ट्वान्टी १–१ को बराबरीमा आइपुगेको छ ।
भारतले प्रस्तुत गरेको १३३ रनको लक्ष्य श्रीलङ्काले खेल सकिन दुई बल बाँकी छँदा छ विकेटको क्षतिमा १३३ रन बनाएर पुरा गर्यो । श्रीलङ्काको जितमा मिनोद भानुकाले ३६ तथा धनञ्जय डी सिल्भाले अविजित ४० रनको योगदान दिनुभयो ।
भारतका लागि कुलदीप यादबले सर्बाधिक दुई तथा भुवनेश्वर कुमार, चेतन शाकरिया, बरुण चक्रवर्ती र राहुल चाहरले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, कोलम्बोमा टस हारेर पहिला ब्याटिङ्ग गरेको भारतले उत्कृष्ट सुरुवातका बावजूद २० ओभरमा पाँच विकेटको क्षतिमा १३२ रनमा सीमित हुन गयो । भारतको पारीमा ओपनर ऋतुराज गाइकवड र कप्तान शिखर धवनले ७ ओभरमा ४९ रन बनाएर उत्कृष्ट सुरुवात दिलाउनुभयो । गाइकवड २१ तथा शिखर धवनले ४० रनको योगदान दिनुभयो ।
देवदत्त पड्डीक्कलले २९ रन बनाउनुभयो । श्रीलङ्काके बलिङमा आठ जना बलरले बलिङ गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?