logo
२०८१ मंसिर ९ आईतवार



क्रिकेटमा १३ वर्षपछि श्रीलङ्काको भारतमाथि जित

क्रिकेट |
खेलकुद |


क्रिकेटमा १३ वर्षपछि श्रीलङ्काको भारतमाथि जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १५ गते । श्रीलङ्काले १३ वर्षपछि भारत विरुद्ध क्रिकेट श्रृखंला जितेको छ । सन् २००८ मा श्रीलङ्काले घरेलु टेष्ट शृङ्खलामा भारतलाई २–१ ले जिते यता क्रिकेटको कुनै पनि स्वरुप जित्न सकेको थिएन ।
श्रीलङ्का विरुद्ध अन्तर्राष्ट्रिय एकदिबसीय र टी ट्वान्टी खेल्न कोलम्बो पुगेको २० सदस्यीय भारतीय टोलिका नौ जना खेलाडी क्वारेन्टिनमा बसेपछि दोस्रो तथा तेस्रो टी ट्वान्टीमा भारतले खेलेर औपचारिकता मात्रै पूरा गर्यो । पहिलो टी ट्वान्टी जितेको भारतले दोस्रो र तेस्रोमा हार बेहोर्यो । बिहीबार कोलम्बोमा सम्पन्न तेस्रो टी ट्वान्टीमा भारतले २० ओभरमा आठ विकेटको क्षतिमा ८१ रन मात्रै जोडन सक्यो । श्रीलङ्काले मात्र तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै तीन खेलको टी ट्वान्टी २–१ ले जितेको छ । खेल सकिन पाँच ओभर तीन बल बाँकी छदा श्रीलङ्काले जित हात पार्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?