logo
२०८१ मंसिर ९ आईतवार



चोट लागेपछि पाकिस्तानका ब्याट्सम्यान अस्पताल भर्ना

क्रिकेट |
खेलकुद |


चोट लागेपछि पाकिस्तानका ब्याट्सम्यान अस्पताल भर्ना
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १६ गते । पाकिस्तान क्रिकेट टोलिका ब्याट्सम्यान आजम खान घाइते हुनुभएको छ । शुक्रबार गायनामा अभ्यासको क्रममा २२ वर्षीय खानको टाउकोमा चोट लागेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अभ्यासको क्रममा ब्याटिङ गरिरहँदा तीब्र गतिका बलरको बल उहाँको टाउकोमा लागेको हो । पाकिस्तान क्रिकेट बोर्डले एक वक्तब्य जारी गरी उहाँलाई २४ घण्टा न्यूरो सर्जनको निगरानीमा राखिएको र सोमबार पुनपर्रीक्षण गरिने उल्लेख गरेको छ । चोट लागेपनि खान होसमै रहेकोले त्रसित हुनुपर्ने अवस्था नरहेको बताइएको छ । यद्दपी उहाँले वेष्टइन्डिज बिरुद्धको दोस्रो र तेस्रो टी ट्वान्टी खेल्नुहुने अवस्थामा रहनुहुने छैन् ।
खानले गत् महिना मात्रै इंग्ल्याण्ड बिरुद्ध अन्तर्राष्ट्रिय टी ट्वान्टीमा डेब्यु गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?