logo
२०८१ मंसिर ९ आईतवार



दोस्रो टी ट्वान्टीमा पाकिस्तानको वेष्टइन्डिजमाथि रोमाञ्चक जित

क्रिकेट |
खेलकुद |


दोस्रो टी ट्वान्टीमा पाकिस्तानको वेष्टइन्डिजमाथि रोमाञ्चक जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १७ गते । पाकिस्तानले दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा वेष्टइन्डिजलाई सात रनले हराएको छ । जितसँगै तीन खेलको शृङ्खलामा पाकिस्तानले १–० को अग्रता लिएको छ । पहिलो टी ट्वान्टी खेल वर्षाले अवरुद्ध भई रद्द भएको थियो ।
पाकिस्तानले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउँदै वेष्टइन्डिजले पुरै २० ओभर खेलेपनि चार विकेटको क्षतिमा मात्र १५० रन जोडन सक्यो । वेष्टइन्डिजका लागि विकेटकिपर ब्याट्सम्यान निकोलास पूरनले अविजित रहँदै ६२ रनको विष्फोटक पारी खेले पनि टोलीलाई जिताउन सक्नुभएन । उहाँले ३३ बलमा चार चौका र छ छक्का लगाउनुभयो । ओपनर एभिन लेविसले ३५ तथा क्रिस गेलले १६ रनको पारी खेल्नुभयो ।
पाकिस्तानका लागि मोहम्मद हफिज सबैभन्दा सफल बलर हुनुभयो । उहाँले चार ओभरमा एक मैडन राख्दै मात्र छ रन खर्चेर एक विकेट लिनुभयो ।
त्यसअघि, वेष्टइन्डिजको प्रोभिडेन्समा टस हारेर पहिला ब्याटिङ गर्ने आमन्त्रण पाएको पाकिस्तानले पुरै २० ओभर खेलेर आठ विकेटको क्षतिमा १५७ रनको औसत योगफल तयार गर्यो । उसको पारीमा ओपनर शर्जिल खान २० रन बनाएर पेभेलियन फर्किदा कप्तान बाबर आजमसँग अर्का ओपनर मोहम्मद रिजवानले ६७ रनको पारी खेल्दै पारी उकास्नुभयो । बाबरले अर्धशतक लगाउनुभयो । रिजवान ४६ रनको योगदान दिनुभयो ।
वेष्टइन्डिजका लागि जैसन होल्डरले सर्वाधिक चार तथा ड्वायन ब्राभोले दुई विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?