logo
२०८१ मंसिर ९ आईतवार



बन्द प्रशिक्षणका लागि क्रिकेट सङ्घले खेलाडी सूची सार्वजनिक गर्यो

क्रिकेट |
खेलकुद |


बन्द प्रशिक्षणका लागि क्रिकेट सङ्घले खेलाडी सूची सार्वजनिक गर्यो
तस्विर–इभेन्ट


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २० गते । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आईसीसी क्रिकेट लिग डिभिजन–२ को तयारी स्वरुप बन्द प्रशिक्षणका लागि खेलाडीको सूची सार्वजनिक गरेको छ । काठमाडौं मेयर्स कप क्रिकेटमा पहिलो पटक नेपालको घरेलु क्रिकेटको राष्ट्रिय खेलमा परिचय गराइएका गुलशन झा पहिलो पटक बन्द प्रशिक्षणमा बोलाइएका छन् । उहाँले मेयर्स कप क्रिकेटमा पुलिस क्लबको प्रतिनिधित्व गर्नुहुन्छ ।
दाहिने हातका तीव्र गतिका बलर गुलशनले मेयर्स कपको फाइनलमा उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएपछि पुलिसले उपाधि जित्न सफल भयो । बन्द प्रशिक्षणमा पूृव कप्तान पारस खडकाको नाम २० औं खेलाडीको रुपमा राखिएको छ । यद्दपी उहाँले सन्यासको घोषणा गरिसकेकोले प्रशिक्षणमा सहभागी नहुने क्यानले प्रष्ट्याएको छ ।
बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरी अटाएका छन् । त्यसैगरी, अविनाश बोहरा, साहब आलम, सुशान भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडेल बन्द प्रशिक्षणका लागि बोलाइएका छन् ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले ओमान र अमेरिका सम्मिलित एकदिवसीय शृङ्खला खेल्ने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?