गोरखापत्र अनलाइन
काठमाडौं, साउन २२ गते । भारत बिरुद्धको पहिलो टेष्टको पहिलो पारीमा इंग्ल्याण्ड क्रिकेट टोलि मात्र १८३ रनमा समेटिएको छ । पहिलो दिनको खेलमा ऊ ६५ ओभर चार बलमा मात्र १८३ रनमा समेटिएको हो ।
नट्टीघंममा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको इंग्ल्याण्डले कमजोर सुरुवात गरेपछि चार विकेटको क्षतिमा १३८ रनको योगफल तयार गरेसम्म औसत प्रदर्शन गरेको थियो । तर बाँकीको ४५ रन जोडन उसको बाँकीको छ विकेट पतन हुँदा १८३ रनमा समेटिन पुग्यो । इंग्ल्याण्डका लागि कप्तान जोइ रुटको ६४ तथा जोनी बैरिष्टोको २९ र ज्याक क्रौलीको २७ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न सकेनन ।
भारतका लागि जसप्रित बुमराहले सर्बाधिक चार तथा मोहम्मद सामीले तीन, श्रद्धुल ठाकुरले दुई एवम् मोहम्मद सिराजले एक विकेट लिनुभयो ।
पहिलो दिन नै पहिलो पारीको सुरुवात गरेको भारतले बिना कुनै क्षतिमा २१ रन जोडेको छ । रोहित शर्मा र के एल राहुलले आज दिनको खेल अगाडि बढाउनुहुनेछ ।