logo
२०८१ मंसिर ९ आईतवार



जोफ्रा आर्चर पाँच महिना क्रिकेट नखेल्ने

क्रिकेट |
खेलकुद |


जोफ्रा आर्चर पाँच महिना क्रिकेट नखेल्ने
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २२ गते । इंग्ल्याण्ड क्रिकेट टोलिका तीब्र गतिका बलर जोफ्रा आर्चर सन् २०२१ को बाँकी अबधि क्रिकेटबाट बाहिर रहनुहुने भएको छ । दाहिने कुहिनोमा आएको चोटको कारण उहाँ अन्तर्राष्ट्रिय क्रिकेटबाट पाँच महिनाका लागि बाहिरिनु पर्ने भएको हो । आईसीसी टी ट्वान्टी विश्वकप आगामी अक्टोबर महिनाका लागि निर्धारण गरिएको छ । उक्त प्रतियोगिता अघि इंग्ल्याण्डका प्रमुख बलर जोफ्रा आर्चरको अनुपस्थिति इंग्ल्ल्याण्डका लागि चिन्ताको विषय बनेको छ ।
जोफ्रा आर्चर उक्त चोटकै कारण इन्डियन प्रिमियर लिग(आईपीएल) बीचमै छोडेर घर फर्किनुपरेको थियो । कुहिनामा पीडा भएपछि चिकित्सकको परामर्शमा गत् मई महिनामा उहाँले शल्यक्रिया गराउनुभयो । तर घरेलु क्रिकेटमा ससेक्समा पुनरागमन गर्दा पुनः समस्या भएपछि उहाँले परीक्षण गरिएको छ । सन् २००२ को सुरुवात दक्षिण अफ्रिका भ्रमणको क्रममा जोरमा फुटेको समस्या पुनः देखिएको छ । इंग्ल्याण्ड क्रिकेट बोर्डले शल्यक्रियासँग जोरको समस्या सम्बन्धित नभएको प्रष्ट्याएको छ । परिणामस्वरुप ईसीबीसले जोफ्रा आर्चरले भारत बिरुद्धको पाँच खेलको टेष्ट श्रृखंला, एशेज श्रृखंला र टी ट्वान्टी विश्वकप नखेल्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?