logo
२०८१ मंसिर ९ आईतवार



तीन हारपछि बङ्गलादेश बिरुद्ध अष्ट्रेलियाको संघर्षपूर्ण जित

क्रिकेट |
खेलकुद |


तीन हारपछि बङ्गलादेश बिरुद्ध अष्ट्रेलियाको संघर्षपूर्ण जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २४ गते । अष्ट्रेलियाले बङ्गलादेश बिरुद्धको चौथो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेल तीन विकेटले जितेको छ । जितसँगै पाँच खेलको श्रृखंला ३–१ को स्थितिमा आएको छ । लगातार तीन हारपछि अष्ट्रेलियाको यो पहिलो जित हो ।
१०५ रनको झिनो लक्ष्य पछ्याएको अष्ट्रेलियाले खेल सकिन एक ओभर बाँकी छदा सात विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो । अष्ट्रेलियाको पारीमा डेन क्रिश्चियनले विष्फोटक पारी खेल्दै मात्र १५ बलमा ३९ रनको योगदान दिनुभयो । सधैं पूछारमा ब्याटिङ गर्न आउने क्रिश्चियनलाई कप्तान म्याथ्यु वाडेले आफू पेभेलियन फर्केपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न पठाउनुभएको थियो । क्रिश्चियनले शकीब अल हसनको एकै ओभरमा पाँच छक्का लगाउनुभयो । आष्टन एगरले चलाखीपूर्ण २७ रनको पारी खेल्नुभयो ।
बङ्गलादेशका लागि महेदी हसन र मुस्तफिजुर रहमानले सामान दुई दुई तथा शोरिफुल इस्लाम र नसुम अहमदले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, ढाकामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको बङ्गलादेशले पुरै २० ओभर खेलेर नौ विकेटको क्षतिमा १०४ रनको योगफल तयार गर्यो । बङ्गलादेशका पारीमा ओपनर मोहम्मद नईमले सर्बाधिक २८, शकीब अल हसनले १५ तथा अफिफ होस्सैनले २० र महेदी हसनले २३ रनको योगदान दिनुभयो ।
अष्ट्रेलियाका लागि एन्ड्रयु टाइ र मिशेल स्वेप्सनले सामान तीन तीन तथा जोश हयाज्लऊडले दुई र आष्टन एगरले एक विकेट लिनुभयो । स्वेप्सनले मात्र चार ओभरमा १२ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिएर प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?