logo
२०८१ मंसिर ९ आईतवार



क्रिकेट संघले राकेश गोहिललाई ‘फिटनेश’ प्रशिक्षक नियुक्त गर्यो

क्रिकेट |
खेलकुद |


क्रिकेट संघले राकेश गोहिललाई ‘फिटनेश’ प्रशिक्षक नियुक्त गर्यो
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २४ गते । नेपाल क्रिकेट संघ(क्यान)ले राकेश गोहिललाई ‘स्ट्रेन्थ एण्ड कन्डिशनिङ्ग’ प्रशिक्षक नियुक्त गरेको छ । क्यानले करिब दुई साता अघि उक्त पदका लागि आवेदन आव्हान गरेको थियो ।
नेपाल क्रिकेट संघका अनुसार पदपूर्तिमा ३८ जनाले आवेदन दिएकोमा भारतका राकेशकुमार काशीभाई गोहिललाई राष्ट्रिय क्रिकेट टोलिको फिटनेश प्रशिक्षक नियुक्त गरेको हो । गोहिल अष्ट्रेलियाको ‘स्ट्रेन्थ एण्ड कन्डिशनिङ्ग’ संघबाट मान्यता प्राप्त लेभल २ का प्रशिक्षक हुनुहुन्छ । भारतको राष्ट्रिय क्रिकेट एकेड्मीमा समेत प्रशिक्षकको अनुभब लिनुभएका गोहिल पछिल्लो समय असाम क्रिकेट संघमा नौ वर्ष सम्म प्रशिक्षकको भूमिकामा हुनुहुन्थ्यो ।
३७ वर्षीय गोहिलले शुक्रबारदेखि राष्ट्रिय क्रिकेट टोलिको प्रशिक्षक इकाइमा आबद्ध हुनुभएको छ । उहाँले आफू पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य प्रशिक्षकको रुपमा नियुक्त भएको र नेपाली क्रिकेट टोलिसँग काम गर्न उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?