गोरखापत्र अनलाइन
काठमाडौं, साउन २४ गते । नेपाल क्रिकेट संघ(क्यान)ले पारस खडकाले प्रयोगमा ल्याउने ७७ अङ्कित जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको छ । क्यानले नेपालको क्रिकेटमा पारस खडकाको योगदान लिएर सम्मानमा जर्सी नं ७७ प्रयोगमा नल्याउने निर्णय गरेको जनाएको छ ।
नेपाल क्रिकेट संघका सचिब अशोकनाथ प्याकुरेलले बिहीबार बसेको बैठकले पारसको नेपाली क्रिकेटमा योगदानलाई लिएर कदर स्वरुप उक्त निर्णय गरेको जानकारी दिनुभएको छ । पूर्ब कप्तान पारस खडका गत् साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको थियो । पूर्ब कप्तान खडकाले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेपछि नेपाली क्रिकेट प्रशंसक स्तब्ध भएका थिए ।
क्यानका सचिब प्याकुरेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएका अन्य खेलाडीको विदाइ समेत नभएकोले छलफल भएपनि बिदाईबारे पछि निर्णय हुने बताउनुभयो । पारसको जन्म बिक्रम सम्वत् २०४४ कात्र्तिक सात गते भएको हो । सात महिना सात गते जन्म भएकोले पनि पारसले भाग्यशाली नम्बरको रुपमा आफ्नो जर्सी नम्बर प्रयोगमा ल्याउनुभएको थियो ।