logo
२०८१ मंसिर ९ आईतवार



अष्ट्रेलियाको बङ्गलादेश बिरुद्ध चौथो हार

क्रिकेट |
खेलकुद |


अष्ट्रेलियाको बङ्गलादेश बिरुद्ध चौथो हार
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २६ गते । अष्ट्रेलियाले बङ्गलादेश बिरुद्ध अन्तर्राष्ट्रिय टी ट्वान्टीमा चौथो हार बेहोरेको छ । श्रृखंलामो पाँचौं तथा अन्तिम टी ट्वान्टीमा बङ्गलादेशले अष्ट्रेलियामाथि ६० रनको विशाल अन्तरको जित हात पार्यो । लगातार तीन ट्वान्टी खेल जितेर यसअघि नै श्रृखंला जितिसकेको बङ्गलादेशले पाँचौं टी ट्वान्टी खेलमा जितसँगै पाँच खेलको श्रृखंलामा ४–१ को एकपक्षीय जित दर्ता गरायो ।
बङ्गलादेशले प्रस्तुत गरेको १२३ रनको लक्ष्य पछ्याउँदै अष्ट्रलियाली क्रिकेट टोली १३ ओभर चार बलमा मात्र ६२ रनमा समेटिन पुग्यो । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा अष्ट्रेलियाको यो हालसम्मकै सबैभन्दा कम योगफल हो । सामान्य लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाली कप्तान म्याथ्यु वाडेको २२ र बेन म्याक्डरमेटको १७ रन अतिरिक्त अन्य आठ जना ब्याट्सम्यानले दोहोरो योगफल छुन सकेनन ।
अष्ट्रेलियालाई सस्तोमा समेटन बङ्गलादेशका अलराउन्डर शकीब अल हसनले मात्र तीन ओभर चार बलमा नौ रन खर्चेर चार विकेट लिनुभयो । मोहम्मद सफैद्दुनले तीन तथा नसुम अहमदले दुई तथा महमदुल्लाहले एक विकेट लिनुभयो ।
शकीब अल हसन प्लेयर अफ द म्याच  प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?