logo
२०८१ मंसिर ९ आईतवार



शकीब अल हसनको अन्तर्राष्ट्रिय टी ट्वान्टीमा नयाँ कीर्तिमान

क्रिकेट |
खेलकुद |


शकीब अल हसनको अन्तर्राष्ट्रिय टी ट्वान्टीमा नयाँ कीर्तिमान
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २६ गते । अष्ट्रेलिया बिरुद्धको पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी जितेर इतिहास बनाएको बङ्गलादेशका शकीब अल हसनले सबैभन्दा छिटो एक सय विकेट पुरा गर्ने पहिलो स्पिनरको कीर्तिमान बनाउनुभएको छ । बङ्गलादेशले पाँचौं तथा अन्तिम टी ट्वान्टीमा अष्ट्रेलियामाथि ६० रनको फराकिलो जित हात पार्दा शकीबले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
शकीब अल हसनले श्रृखंलाको अन्तिम तथा पाँचौं टी ट्वान्टीमा आफ्नो अन्तर्राष्ट्रिय टी ट्वान्टीको एक सय विकेट पुरा गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा एक हजार रन र एक सय विकेट पुरा गर्नुहुने पहिलो पुरुष क्रिकेटरको कीर्तिमान समेत बनाउन सफल हुनुभयो । अष्ट्रेलियाकी एलिसे पेरी र पाकिस्तानकी निदा डेरले यसअघि उक्त कीर्तिमान बनाउनुभएकोले क्रिकेटमा शकीब यस्तो कीर्तिमान बनाउनुहुने तेस्रो खेलाडी बन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?