logo
२०८१ मंसिर ९ आईतवार



शौन टैट अफगानिस्तानका बलिङ प्रशिक्षक नियुक्त

क्रिकेट |
खेलकुद |


शौन टैट अफगानिस्तानका बलिङ प्रशिक्षक नियुक्त
तस्विर–क्रिकेट अष्ट्रेलिया


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २६ गते । अष्ट्रेलियाली तीब्र गतिका बलर शौन टैट अmपगानिस्तान क्रिकेटका बलिङ प्रशिक्षक नियुक्त हुनुभएको छ । उहाँलाई तात्काल लागू हुने गरी पाँच महिनाका लागि बलिङ प्रशिक्षक नियुक्त गरिएको छ ।
पाकिस्तान बिरुद्धको तीन खेलको एकदिबसीय श्रृखंलाबाट शौन टैटले प्रशिक्षकको कार्यभार लिनुहुनेछ । उक्त श्रृखंला सेप्टेम्बर एकदेखि पाँच सम्म श्रीलङ्कामा खेलाइनेछ । लगत्तै अफगानिस्तान टोलि आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेट खेल्न यूएई प्रस्थान गर्नेछ । विश्वकप टी ट्वान्टी क्रिकेटमा भारत, पाकिस्तान, न्युजिल्याण्ड र छनोट भएर आउने दुई टोलिसँगै अफगानिस्तान समूह २ मा रहेको छ ।
शौन टैटले इएसपीएनसँगको कुराकानीमा प्रमुख प्रशिक्षक लान्स क्लुजनरले बलिङका लागि छुट्टै प्रशिक्षक नियुक्त गर्न सिफारिश गरेपछि मैले जिम्मेवारी पाएको बताउनुभयो । अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा स्पिन आक्रमणको तिकडी राशिद खान, मोहम्मद नबी र मुजीब ऊर रहमानमा आश्रित रहँदै आएको छ । शौन टैटले अब तीब्र गतिका बलरले समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने इच्छा ब्यक्त गर्नुभएको छ ।
३८ वर्षीय शौन टैट क्रिकेट अष्ट्रेलियाबाट लेभल २ को प्रशिक्षकको प्रमाणपत्र लिनुभएको छ । उहाँ सन् २०१७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको थियो । ३५ अन्तर्राष्ट्रिय एकदिबसीय र २१ अन्तर्राष्ट्रिय टी ट्वान्टी र तीन टेष्ट खेलमा अष्ट्रेलियाको प्रतिनिधित्व गर्नुभएको छ । उहाँले क्रिकेटको तीनै स्वरुपमा ९५ विकेट लिनुभएको छ । अष्ट्रेलियाले सन् २००७ को विश्वकप क्रिकेटको उपाधि जित्दा शौन टैट २३ विकेट लिएर दोस्रो सबैभन्दा बढी विकेट लिने बलर हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?