logo
२०८१ मंसिर ९ आईतवार



क्रिस कैन्सको अवस्था गम्भिर

क्रिकेट |
खेलकुद |


क्रिस कैन्सको अवस्था गम्भिर
तस्विर–पीए इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २७ गते । न्युजिल्याण्डका पूर्ब क्रिकेटर एवम् अलराउन्डर क्रिस कैन्सको स्वास्थ्य अवस्था गम्भिर भएको छ । उहाँलाई सघन उपचार कक्षमा भर्ना गरिएको छ ।
सिडनीको सेन्ट भिन्सेन्ट अस्पतालका प्रवक्ताले कैन्सलाई मङ्गलबार अस्पताल भर्ना गरिएको र उहाँको स्वास्थ्य स्थिति गम्भिर रहेको बताउनुभएको छ । बुधबार कैन्सकी श्रीमति मेलानीले एक वक्तब्य जारी गरी थप शल्यक्रिया आवश्यक रहेको उल्लेख गर्नुभएको छ । मुटुमा समस्या आएपछि क्यानबेरामा उहाँको शल्यक्रिया गरिएको थियो । तर स्वास्थ्य स्थिति बिग्रेपछि उहाँलाई सिड्नीको एक अस्पतालमा भर्ना गरिएको छ ।
न्युजिल्याण्डका सञ्चारमाध्यमले मङ्गलबार ५१ वर्षीय कैन्सको मुख्य आर्टरीमा समस्या आएको उल्लेख गरेको छ । आफ्नो समयका सबैभन्दा चर्चित अलराउन्डर कैन्सले न्युजिल्याण्डका लागि ६२ टेष्ट, २१५ अन्तर्राष्ट्रिय एकदिबसीय र दुई टी ट्वान्टी म्याच खेल्नुभएको छ । उहाँले सन् १९८९ देखि २००६ सम्म न्युजिल्याण्ड क्रिकेट टोलिमा रहनुभयो ।
सन् २०१० मा विवाहपछि क्रिस कैन्स छोराछोरीसँगै अष्ट्रेलियाको क्यानबेरामा बस्दै आउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?