गोरखापत्र अनलाइन
काठमाडौं, साउन २८ गते । इंग्ल्याण्डका तीब्र गतिका बलर स्टुअर्ट ब्रोड भारत बिरुद्धको टेष्ट श्रृखंलाबाट बाहिरिनुभएको छ । दाहिने तिघ्रामा आएको चोटको कारण उहाँ भारत बिरुद्धको बाँकीको टेष्ट खेलबाट बाहिरिनुभएको हो ।
बुधबार बिहान अभ्यासको क्रममा उहाँ चिप्लिन पुग्दा चोट लागेको र खेल नसक्ने अवस्थामा पुगेको बताइएको छ । ब्रोडको स्थानमा इंग्ल्याण्ड क्रिकेट बोर्डले सकिब महमूदलाई टोलिमा बोलाएको छ । अर्का प्रमुख तीब्र गतिका बलर जेम्स एन्डरसन समेत घाइते हुनुहुन्छ । यद्दपी उहाँ खेल्नुहुने नहुने सम्बन्धमा अझै अन्यौल कायमै छ ।
३५ वर्षीय ब्रोड र जेम्स एन्डरसन अनुपस्थित हुने भए सन् २००७ पछि इंग्ल्याण्डले घरेलु मैदानमा दुबै बिना पहिलो पटक टेष्ट खेल्नेछ ।