गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३२ गते । क्रिकेट अष्ट्रेलियाले सम्झौता गरेको खेलाडीले इन्डियन प्रिमियर लिग(आईपीएल) सुचारु हुँदा खेल्न पाउने प्रष्ट्याएको छ । उसले टी ट्वान्टी विश्वकपको तयारी स्वरुप अष्ट्रेलियाली खेलाडी आईपीएल खेल्न पाउने जनाएको छ । अष्ट्रेलियाली क्रिकेट टोलि हाल अत्यन्तै कमजोर लयबाट गुज्रिरहेको छ । उसले लगातार पाँच श्रृखंलामा हार बेहोर्दा पछिल्लो पटक बङ्गलादेशसँग ४–१ लज्जास्पद हार बेहोर्नुपरेको थियो ।
आईपीएलमा अष्ट्रेलियाका २० जना खेलाडी खेल्ने सम्झौता गरेका छन् । तर प्याट् क्युमिन्स भने आफ्नो पहिलो सन्तानको जन्म हुने समय परेकोले लिग खेल्न दुबई पुग्नुहुने छैन् । स्टिभ स्मिथ घाइते भएर आराममा हुनुहुन्छ । चेन्नईका जोस हयाजलऊड, हैदराबादका मिसेल मार्श र बैंग्लौरका जोश फिलिप खेल्ने तय भइसकेको छ ।