logo
२०८१ मंसिर ९ आईतवार



कुशल परेरा कोरोनाबाट सङ्क्रमित

क्रिकेट |
खेलकुद |


कुशल परेरा कोरोनाबाट सङ्क्रमित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३२ गते । श्रीलङ्काली ब्याट्सम्यान कुशल परेरा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । दश दिनका लागि उहाँ आइसोलेशनमा बस्नुहुने भएको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएर आइसोलेशनमा बस्दा उहाँले दक्षिण अफ्रिका बिरुद्धको एकदिबसीय श्रृखंला खेल्ने नखेल्ने समेत अन्यौल भएको छ । यद्दपी दक्षिण अफ्रिका बिरुद्धको घरेलु श्रृखंला आगामी सेप्टेम्बर दोस्रो साता हुने भएकोले उहाँ निको भइसकेको हुने बताइएको छ ।
परेराले यसअघि गत् जुलाई महिनामा भारत बिरुद्धको अन्तर्राष्ट्रिय एकदिबसीय र अन्तर्राष्ट्रिय टी ट्वान्टी समेत खेल्नुभएको थिएन । काँधमा आएको चोटको कारण उहाँ टोलिबाट बाहिरिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?