logo
२०८१ मंसिर ९ आईतवार



दोस्रो टेष्टमा भारतले इंग्ल्याण्डलाई १५१ रनले हरायो

क्रिकेट |
खेलकुद |


दोस्रो टेष्टमा भारतले इंग्ल्याण्डलाई १५१ रनले हरायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १ गते । भारतले दोस्रो टेष्ट खेलमा इंग्ल्याण्डलाई १५१ रनले हराएको छ । पहिलो टेष्ट वर्षाले अबरुद्ध भइ रद्द हुँदा दोस्रो टेष्टमा जितसँगै भारतले पाँच खेलको शृङ्खलामा १–० अग्रता लिएको छ ।
भारतले प्रस्तुत गरेको २७२ रनको लक्ष्य पछ्याउँदै इंग्ल्याण्ड मात्र १२० रनमा समेटिन पुग्यो । भारतले आठ विकेटको क्षतिमा २९८ रन बनाएर दोस्रो पारी घोषणा गर्दा जोखिम लिएको थियो । इंग्ल्याण्डलाई ६० ओभरमा २७२ रन आवश्यक थियो । तर भारतीय बलर चम्किदा इंग्ल्याण्ड ५१.५ ओभरमा मात्र १२० रनमा समेटियो । इंग्ल्याण्डका लागि तीन जना ब्याट्सम्यानले मात्रै दोहोरो योगफलमा रन जोडन सक्नुभयो । कप्तान जोइ रुटले सर्बाधिक ३३ तथा जोस बटलरले २५ तथा मोइन अलिले १३ रनको योगदान दिनुभयो ।
भारतका लागि मोहम्मद सिराजले सर्वाधिक चार तथा जसप्रित बुमराहले तीन, मोहम्मद सामीले एक र इशान्त शर्माले दुई विकेट लिनुभयो ।
त्यसअघि लडर््समा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको भारतले ओपनर करण लोकेश राहुलको शतक तथा रोहित शर्माको ८३ रनको सहयोगमा पहिलो पारीमा ३६४ रनको औसत योगफल तयार गर्यो ।
इंग्ल्याण्डले भने कप्तान जोइ रुटको १८० रनको अविजित पारीको सहयोगमा ३९१ रन बनाएर २७ रनको बढ्त लिन सफल भयो । दोस्रो पारीमा अपेक्षाकृत कमजोर प्रदर्शन गरेको भारतले १९४ रनमै सात विकेट गुमाउन पुग्यो । नवौं विकेटका लागि जसप्रित बुमराह र मोहम्मद सामीले अविजित ८९ रनको साझेदारी गर्दै भारतका लागि जितको आधार तयार गर्नुभयो । मोहम्मद सामीले अविजित ५६ तथा बुमराहले अविजित ३४ रनको पारी खेल्नुभयो । भारतले आठ विकेटको क्षतिमा २९८ रनमा पारी घोषणा गर्दा इंग्ल्याण्डले २७२ रनको लक्ष्य पाएको थियो ।
करण लोकेश राहुल प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?