logo
२०८१ मंसिर ९ आईतवार



टी ट्वान्टी विश्वकपका लागि अष्ट्रेलियाद्वारा सशक्त टोलिको घोषणा

क्रिकेट |
खेलकुद |


टी ट्वान्टी विश्वकपका लागि अष्ट्रेलियाद्वारा सशक्त टोलिको घोषणा
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३ गते । अष्ट्रेलियाले आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटका लागि टोलि घोषणा गरेको छ । आरोन फिञ्चलाई कप्तानको जिम्मेवारी दिइएको छ । स्टिभ स्मिथले पुनरागमन गर्नुभएको छ ।
अष्ट्रेलियाले अधिकांश चर्चित तथा अनुभबी अनुहारसहित बलियो टोलि समेटेको छ । फिञ्च यसअघि घुँडाको चोटका कारण र स्मिथ कुहिनोको चोटको कारण नियमित एघारबाट बाहिरिनुभएको थियो ।
टोलिमा फिञ्च र स्मिथसँगै देविड वार्नर, ग्लैन म्याक्सवैल, मार्कस स्टोइनिस, प्याट्ट क्युमिन्स र केन रिचर्डसनले पुनरागमन गर्नुभएको छ । उहाँहरु सबैजना वेष्टइन्डिज र बङ्गलादेश भ्रमण गर्ने टोलिमा पर्नुभएको थिएन ।
१५ सदस्यीय टोलिमा सबैभन्दा चकित पार्ने निर्णय जोश इंग्लीशलाई समावेश गर्नु हो । अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ समेत नगरेका इंग्लीश विकेटकीपर ब्याट्सम्यान हुनुहुन्छ । टोलिका अन्य सदस्यहरुमा जोश हयाज्लऊड, मिशेल मार्श, मिशेल स्टार्क, मिशेल स्वेप्सन, म्याथ्यु वाडे र एडम जाम्पा रहेका छन् ।
वेष्टइन्डिज र बङ्गलादेश भ्रमणको क्रममा प्रदर्शनमा सुधार गर्न नसकेका एलेक्स केरी र जोश फिलिपले भने टी ट्वान्टी विश्वकपको यात्रा गर्ने दलमा स्थान बनाउन सक्नुभएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?