logo
२०८१ मंसिर ९ आईतवार



‘अफगान अस्थिरताले क्रिकेट तालिकामा फरक नपर्ने’

क्रिकेट |
खेलकुद |


‘अफगान अस्थिरताले क्रिकेट तालिकामा फरक नपर्ने’
तस्विर–एपी


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३ गते । पाकिस्तान क्रिकेट बोर्ड(पीसीबी)ले राजनीतिक अस्थिरताले पाकिस्तान र अफगानिस्तानबीचको अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा फरक नपर्ने विश्वास ब्यक्त गरेको छ । तालिबान अधिकारीहरुले राष्ट्रिय क्रिकेट टोलिलाई श्रीलङ्कामा हुने पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंला खेल्न संकेत गरेको बताइएको छ ।
द हिन्दूका अनुसार पीसीबीका एक जना जानकार स्रोतले श्रृखंला सम्बन्धमा अफगानस्थित आफ्ना समकक्षीबाट सकारात्मक सन्देश आएको बताउनुभएको छ । पाकिस्तान क्रिकेट बोर्डले वेष्टइन्डिज बिरुद्धको दोस्रो तथा अन्तिम टेष्ट खेल २४ अगष्टमा सम्पन्न भए लगत्तै एकदिबसीय श्रृखंलाका लागि टोलिको घोषणा गर्ने जनाएको छ ।
अफगान क्रिकेट टोलिका सदस्यले पनि काबुलमा प्रशिक्षण सुरु गरेका छन् । पीसीबीले अगष्ट २१ देखि लाहौरमा प्रशिक्षण सुरु गर्ने जनाएको छ । तालिबानले समेत विश्व समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न राष्ट्रिय टोलिलाई पूर्बतालिका बमोजिम खेल्न अनुमति दिने बुझिएको छ ।
अफगानिस्तानले पाकिस्तानलाई सेप्टेम्बर एकमा सुरु भई पाँचमा सम्पन्न हुने गरी तीन खेलको एकदिबसीय श्रृखंलाका लागि श्रीलङ्काको हयाम्बनटोटामा आयोजना गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?