logo
२०८१ मंसिर ९ आईतवार



राष्ट्रिय क्रिकेट टोलीको जर्सी अनावरण गरियो

क्रिकेट |
खेलकुद |


राष्ट्रिय क्रिकेट टोलीको जर्सी अनावरण गरियो
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ७ गते । नेपालको राष्ट्रिय क्रिकेट टोलीका सदस्यले लगाउने पहिरन(जर्सी) परिवर्तन गरिएको छ । सोमबार एक समारोहका बीच नेपालको राष्ट्रिय क्रिकेट टोलीको जर्सी अनावरण गरिएको हो ।
रातो र नीलो रङ्गको जर्सीको देब्रपट्टीमाथि नेपाल क्रिकेट संघको लोगो र नेपालको राष्ट्रिय झण्डा अङ्कित गरिएको छ । जर्सीको प्रायोजक ‘माइ सेकेण्ड टिचर’ मध्य भागमा लेखिएको छ भने मुनि नेपाल लेखिएको छ ।
नेपाल क्रिकेट सङ्घ(क्यान)ले करिब ४० दिन अघि जर्सीको नमुना तयार गर्न खुला गरेको थियो । उत्कृष्ट नमूना ठहरिनेलाई एक लाख रुपियाँ पुरस्कार दिइने क्यानले जनाएको थियो । क्यानको उक्त सूचना बमोजिम करिब पाँच सय जनाले राष्ट्रिय क्रिकेट टोलीको जर्सीको नमूना पठाएको थियो । जसमध्ये आदर्श पोखरेलले तयार गर्नुभएको नमुना क्यानले स्वीकृत गर्दै लागू गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?