logo
२०८१ कार्तिक १७ शनिवार



विश्व टेष्ट च्याम्पियनशीपको खेल सुरु

क्रिकेट |
खेलकुद |


विश्व टेष्ट च्याम्पियनशीपको खेल सुरु
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ९ गते । आईसीसीले गएको वर्षदेखि सुरु गरेको विश्व टेष्ट च्याम्पियनसिपको चक्रको दोस्रो वर्षको खेल सुरु भएको छ । भारतले इंग्ल्याण्डको र पाकिस्तानले वेष्टइन्डिजको सामना गर्दा यस वर्षको टेष्ट च्याम्पियनसिपको खेल सुरु भएको हो ।
टेष्ट च्याम्पियनसिपमा हालसम्म चार वटा खेल मात्रै भएको छ । भारत र इंग्ल्याण्डबीच दुई टेष्ट खेल तथा पाकिस्तान र वेष्टइन्डिजबीच दुई टेष्ट खेल सम्पन्न भएको हो । भारत र इंग्ल्याण्डबीचको पहिलो खेल बराबरीमा सकिदा दोस्रो खेलमा भारतले जित हात पारेको थियो । अङ्क तालिकामा भारत पहिलो खेलबाट १४ अङ्क बटुल्दै तालिकाको शीर्षस्थानमा छ । पाकिस्तान दोस्रो स्थानमा छ । पहिलो टेष्ट खेल हारे पनि दोस्रोमा वेष्टइन्डिजमाथि जित हात पारेको पाकिस्तानले १२ अङ्क बटुलेर दोस्रो स्थानमा छ । वेष्टइन्डिजले १२ अङ्क जोडेर तेस्रो स्थानमा छ । दुईमध्ये एक बराबरी खेलेको इंग्ल्याण्ड भने दुई अङ्कसहित चौथो स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?