logo
२०८१ मंसिर ९ आईतवार



दोस्रो टेष्टमा पाकिस्तानको वेष्टइन्डिजमाथि जित

क्रिकेट |
खेलकुद |


दोस्रो टेष्टमा पाकिस्तानको वेष्टइन्डिजमाथि जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ९ गते । पाकिस्तानले दोस्रो टेष्ट खेलमा वेष्टइन्डिजलाई १०९ रनले हराएको छ । दोस्रो टेष्टमा जितसँगै दुई खेलको शृङ्खला १–१ को बराबरीमा सम्पन्न भएको छ । पहिलो टेष्ट खेल वेष्टइन्डिजले जितेको थियो ।
पाकिस्तानले प्रस्तुत गरेको ३२९ रनको लक्ष्य पछ्याउँदै वेष्टइन्डिजले ८३ ओभरमा मात्र २१९ रनमा समेटिन पुग्दा उसले हार बेहोर्न पुग्यो । वेष्टइन्डिजका लागि जैसन होल्डरले सर्वाधिक ४७ तथा कप्तान क्रैग बर्थवैटले बनाउनुभएको ३९ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन ।
पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले सर्वाधिक चार, नौमन अलिले तीन र हसन अलिले दुई विकेट लिनुभयो ।
त्यसअघि किंग्स्टनमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले फवाद आलमको शतकको सहयोगमा नौ विकेटको क्षतिमा ३०२ रन बनाएर पहिलो पारी घोषणा गरेको थियो । कप्तान बाबर आजमले ७५ रनको पारी खेल्नुभयो ।
जवाबमा वेष्टइन्डिज पहिलो पारीमा मात्र १५० रनमा समेटिन पुग्यो । उसको पारीमा जर्माइन ब्ल्याकऊडले ३३ तथा क्रूमाह बोनरको ३७ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले सर्बाधिक छ तथा मोहम्मद अब्बासले तीन एवम् फहिम अशरफले एक विकेट लिनुभयो ।
तीव्र गतिका बलर शाहीन शाह अफ्रिदी प्लेयर अफ द म्याच एवम् प्लेयर अफ द सेरिज घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?