logo
२०८१ मंसिर ९ आईतवार



ब्याटिङ धराशायी भएपछि भारत७८ रनमै खुम्चियो

क्रिकेट |
खेलकुद |


ब्याटिङ धराशायी भएपछि भारत७८ रनमै खुम्चियो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १० गते । इंग्ल्याण्ड बिरुद्धको तेस्रो टेष्ट खेलको पहिलो पारीमा भारत मात्र ७८ रनमा समेटिएको छ । पहिला ब्याटिङ गर्दा भारतले तेस्रो सबैभन्दा कम योगफलमा समेटिएको हो ।
हेडिंग्लीमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले २१ रनमै तीन विकेट गुमाउन पुग्यो । तर ओपनर रोहित शर्माले अजिन्क्यै रहानेसँग इंग्लीश बलरहरुमाथि केही दबाब बनाएपनि लामो समय टिक्न सकेनन । रहाने पेभेलियन फर्किदा २२ रन जोडेर भारतले थप सात विकेट गुमाउँदै मात्र ७८ रनमा पहिलो पारीमा समेटिन पुग्यो । शर्माले १९ तथा रहानले १८ रनको योगदान गर्नु अतिरिक्त अन्य नौ जना ब्याट्सम्यानले दोहोरा योगफल समेत जोडन सकेनन । ओपनर करण लोकेश राहुलसहित तीन जना ब्याट्सम्यान डक आउट हुनुभयो ।
इंग्ल्याण्डका लागि जेम्स एन्डरसन र क्रैग ओभर्टनले सामान तीन तीन तथा ओलि रोबिन्सन र साम कर्रनले सामान दुई दुई विकेट लिनुभयो ।
जवाबमा इंग्ल्याण्डले पहिलो दिनको खेल सकिदासम्म बिना कुनै क्षतिमा १२० रन बनाएको छ । उसको पारीमा हासीब हमीदले ६० तथा रोरी बनर्ससले ५२ रनको अविजित पारी खेलेर दोस्रो दिनको खेल अगाडि बढाउनुहुनेछ । इंग्ल्याण्डले पहिलो पारीमा ४२ रनको अग्रता लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?