logo
२०८१ मंसिर ९ आईतवार



ओमान श्रृखंलाका लागि अमेरिकी टोलिको घोषणा

क्रिकेट |
खेलकुद |


ओमान श्रृखंलाका लागि अमेरिकी टोलिको घोषणा
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ११ गते । अमेरिकी क्रिकेट टोलिले ओमान र नेपाल सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–२ का लागि १४ सदस्यीय टोलिको घोषणा गरेको छ । प्रतियोगिता ओमानको मस्कट आगामी सेप्टेम्बर १३ बाट सुरु हुँदैछ ।
प्रतियोगिता सुरु हुनु अघि अमेरिकाले पपुवान्यूगिनी बिरुद्ध दुई खेलको मैत्रीपूर्ण एकदिबसीय श्रृखंला खेल्नेछ । अमेरिकाले करिब ५७२ दिनपछि अन्तर्राष्ट्रिय स्पर्धा खेल्न लागेको हो । टोलिमा एक जना थप खेलाडी आरक्षित गरिएको छ । कुनै खेलाडी घाइते भए कायल फिलिपले स्थान लिने क्रिकेट अमेरिकाले जनाएको छ ।
क्रिकेट प्रशिक्षकमा अरुणकुमार नियुक्त भएपछि अमेरिकाले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । अमेरिकी टोलि सेप्टेम्बर २ मा ओमानको मस्कट पुग्नेछ ।
सौरभ नेत्रवालकरको नेतृत्वमा घोषित टोलिका सदस्यहरुमा आरोन जोन्स उपकप्तानको जिम्मेवारीमा रहनुहुनेछ । अभिषेक फरदकार, डोमिनिक रिखी, एलमोर हचिन्सन, गजानन्द सिंह, जसदीप सिंह, जसकरण मल्होत्रा, करिमा गोरे टोलिका सदस्य हुनुहुन्छ । त्यसैगरी, मोनाङ्क पटेल, निसर्ग पटेल, नश्तश केञ्जिगे, स्टिभन टेलर, सुशान्त मोदानी र कायल फिलिप टोलिका सदस्य हुनुहुन्छ । अमेरिकाले ६ र ९ सेप्टेम्बरमा पपुवान्यूगिनी बिरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीय खेल्नेछ ।
सेप्टेम्बर १३ मा अमेरिकाले प्रतियोगिताको पहिलो खेलमा नेपालको सामना गर्नेछ । सेप्टेम्बर १६ मा ओमान, सेप्टेम्बर १७ मा नेपाल र सेप्टेम्बर २० मा ओमानको सामना गरेपछि अमेरिकाको विश्वकप क्रिकेट लिग–२ को ओमान भ्रमण टुंगिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?