logo
२०८१ मंसिर ९ आईतवार



तेस्रो टेष्ट खेलमा इंग्ल्याण्ड विरुद्ध भारतको लज्जास्पद हार

क्रिकेट |
खेलकुद |


तेस्रो टेष्ट खेलमा इंग्ल्याण्ड विरुद्ध भारतको लज्जास्पद हार
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १२ गते । इंग्ल्याण्ड विरुद्धको तेस्रो टेष्ट खेलमा भारतले लज्जास्पद हार बेहोरेको छ । तेस्रो टेष्टमा जितसँगै इंग्ल्याण्डले पाँच खेलको टेष्ट श्रृखंलामा १–१ को बराबरी गरेको छ । भारतले तेस्रो टेष्ट खेलमा एक पारी र ७६ रनले हार बेहोरेको हो ।
पहिलो पारीमा इंग्ल्याण्डले तयार गरेको ४३२ रनको जवाबमा भारतले दुबै पारीमा ३६६ रन मात्रै जोड्न सकेपछि उसले विशाल अन्तरको हार बेहोर्नुपरेको हो । हेडिंग्लीमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले पहिलो पारीमा ७८ रनको झिनो योगफलमा समेटिन पुग्यो । भारतको पारीमा रोहित शर्माको १९ र अजिन्क्यै रहानेको १८ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेनन ।
इंग्ल्याण्डका लागि जेम्स एन्डरसन र क्रैग ओभर्टनले सामान तीन तीन विकेट लिएर भारतको ब्याटिङ क्रमलाई धराशायी बनाउनुभयो । ओलि रोबिन्सन र साम कर्रनले सामान दुई दुई विकेट लिनुभयो ।
जवाबमा इंग्ल्याण्डले कप्तान जोइ रुटको शतक तथा ओपनर रोरी बर्नसको ६१, हसीब हामीदको ६८ र देविड मलानको ७० रनको सहयोगले पहिलो पारीमा ४३२ रनको सम्मानजनक योगफल तयार गर्यो । पहिलो पारीमा ३५४ रनले पछाडि परेको भारतले दोस्रो पारीमा मात्र २७८ रनमा समेटिन पुग्यो । खेल सकिन एक दिन बाँकी छँदै भारतले ९९.३ ओभरमा २७८ रनमा समेटिन पुग्यो । भारतका लागि ओपनर रोहित शर्माले ५९ तथा चेतेश्वर पूजाराले ९१ र विराट कोहलीको ५५ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सक्नुभएन ।
इंग्ल्याण्डको बलिङमा ओलि रोबिन्सनले सर्वाधिक पाँच तथा क्रैग ओभर्टनले तीन, जेम्स एन्डरसन र मोइन अलिले समान एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?