logo
२०८१ मंसिर ९ आईतवार



भारतका पूर्ब अलराउन्डर स्टुअर्ट बिन्नीले सन्यास लिनुभयो

क्रिकेट |
खेलकुद |


भारतका पूर्ब अलराउन्डर स्टुअर्ट बिन्नीले सन्यास लिनुभयो
तस्विर–एएफपी


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १४ गते । भारतीय क्रिकेट टोलिका पूर्ब अलराउन्डर स्टुअर्ट बिन्नी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय एकदिबसीयमा कुनै एक पारीमा भारतका लागि अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट बलिङ गर्नुभएका बिन्नीले तात्कालै लागू हुने गरी सन्यासको घोषणा गर्नुभएको हो ।
सन् १९८३ मा भारतले विश्वकप क्रिकेट जित्दा टोलिका सदस्य रहनुभएका रोजर बिन्नीका छोरा स्टुअर्टले अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको प्रतिनिधित्व गर्न पाउँदा अत्यन्तै गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिनुभयो । “क्रिकेट मेरो रगतमा छ, सन्यास लिएपछि पनि म क्रिकेटका लागि सके जति योगदान दिनेछु ।”– उहाँले बताउनुभयो ।
३७ वर्षीय बिन्नीले भारतका लागि छ टेष्ट, १४ अन्तर्राष्ट्रिय एकदिबसीय र तीन टी ट्वान्टी खेल्नुभएको छ । कर्नाटकाले सन् २०१३–०१४ मा रञ्जी ट्रफी उचाल्दा स्टुअर्ट बिन्नीले ४३ को औसतले ४४३ रन र १४ विकेट लिनुभएको थियो । लगत्तै सन् २०१४ मा भारतको राष्ट्रिय क्रिकेट टोलिमा स्थान सुनिश्चित गरी उहाँ बङ्गलादेश भ्रमणमा जानुभएको थियो । उक्त भ्रमणमा उहाँले मात्र चार रन खर्चेर छ विकेट लिनुभयो । जुन भारतमा कुनै एक बलरले एकै पारीमा छ विकेट लिएर मात्र चार खर्चेको पहिलो अबसर रहन गयो ।
अनिल कुम्बले, आशिष नेहरा र कुदलीप यादबले एकदिबसीय खेलको एकै पारीमा छ विकेट लिएपनि स्टुअर्ट बिन्नीभन्दा बढी रन खर्चिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?