logo
२०८१ मंसिर ९ आईतवार



न्युजिल्याण्ड ६० रनमै समेटियो, बङ्गलादेशको सहज जित

क्रिकेट |
खेलकुद |


न्युजिल्याण्ड ६० रनमै समेटियो, बङ्गलादेशको सहज जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १७ गते । बङ्गलादेश विरुद्धको पहिलो टी ट्वान्टी खेलमा न्युजिल्याण्ड मात्र ६० रनमा समेटिएको छ । बङ्गलादेशले भने खेल सकिन पाँच ओभर बाँकी छदै मात्र तीन विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्दै सात विकेटको जित हात पार्यो । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा बङ्गलादेशको न्युजिल्याण्डमाथि यो पहिलो जित हो । अष्ट्रेलियालाई घरेलु मैदानमा ४–१ ले हराएर इतिहास रचेको बङ्गलादेशले न्युजिल्याण्ड विरुद्धको पहिलो टी ट्वान्टी जितेर उक्त लयलाई निरन्तरता दिएको छ ।
६१ रनको झिनो लक्ष्य पछ्याउने क्रममा बङ्गलादेशका अलराउन्डर शकीब अल हसनले सर्वाधिक २५ रनको योगदान दिनुभयो । मुश्फीक्र रहिमले १६ तथा कप्तान महमदुल्लाहले अविजित १४ रनको योगदान दिनुभयो । न्युजिल्याण्डका लागि अजाज पटेल, कोल म्याक्केन्ची र रचिन रबिन्द्रले समान एक एक विकेट लिनुभयो ।
त्यसअघि, मीरपुरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पाहुना टोली न्युजिल्याण्डले १६ ओभर पाँच बलमा मात्र ६० रनमा समेटिन पुग्यो । उसको पारीका नौ जना ब्याट्सम्यानले दोहोराे योगफल छुन सकेनन् । कोलिन डे ग्राण्डहम र हेनरी निकोलासले सामान १८ रनको योगदान दिनुभयो ।
बङ्गलादेशका बलिङमा महेदी हसनले एक तथा मुस्तफीजुर रहमानले तीन र नसुम अहमेद एवम् शकीब अल हसनले सामान दुई दुई विकेट लिनुभयो । शकीब प्लेयर अफ द म्याच घोषित हुनुभयो । पहिलो टी ट्वान्टीमा जितसँगै बङ्गलादेशले पाँच खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?