logo
२०८१ मंसिर ९ आईतवार



तामीम इकवाल टी ट्वान्टी विश्वकप नखेल्ने

क्रिकेट |
खेलकुद |


तामीम इकवाल टी ट्वान्टी विश्वकप नखेल्ने
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १८ गते । बङ्गलादेश क्रिकेट टोलिका ब्याट्सम्यान तामीम इकवाल टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट आफ्नो नाम फित्र्ता लिनुभएको छ । उहाँले युवा खेलाडीलाई अबसर दिनुपर्ने भन्दै आफ्नो नाम फित्र्ता लिनुभएको हो ।
बङ्गलादेश टोलि ब्यवस्थापनले विश्वकपका लागि टोलिको घोषणा गर्दा तामीम इवाल उक्त टोलिमा हुनुहुन्थ्यो । तर क्रिकेट बोर्डका अध्यक्ष नजमूल हस्सनले तामीमले नाम फित्र्ता लिएपछि उहाँको स्थानमा अर्का खेलाडी राख्ने बताउनुभएको छ । बङ्गलादेश क्रिकेटका पूर्ब कप्तान मशरफे बिन मर्तजाले समेत तामीमको निर्णयको प्रशंसा गर्नुभएको छ ।
तामीम इकवाल लगातार १२ वर्षदेखि टी ट्वान्टी टोलिमा बङ्गलादेशको प्रतिनिधित्व गर्नुभएको छ । सन् २००७ को सेप्टेम्बर महिनामा अन्तर्राष्ट्रिय टी ट्वान्टीमा डेब्यु गर्नु भए यता सन् २०१८ सम्म उहाँले मात्र १३ टी ट्वान्टी खेलमा अनुपस्थित रहनुभयो । तर सन् २०१९ पछि हालसम्म बङ्गलादेशले २३ टी ट्वान्टी खेलेकोमा उहाँले मात्र तीन टी ट्वान्टीमा स्थान सुनिश्चित गर्न सक्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?