logo
२०८१ मंसिर ९ आईतवार



श्रीलङ्काले दक्षिण अफ्रिकालाई हरायो

क्रिकेट |
खेलकुद |


श्रीलङ्काले दक्षिण अफ्रिकालाई हरायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १८ गते । श्रीलङ्काले पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई १४ रनले हराएको छ । जितसँगै श्रीलङ्काले तीन खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ ।
श्रीलङ्काले प्रस्तुत गरेको ३०१ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाले पुरै ५० ओभर खेले पनि छ विकेटको क्षतिमा मात्र २८६ रन जोड्न पायो । दक्षिण अफ्रिकी पारीमा ओपनर ऐडन मरक्रमले ९६ रन बनाएर पेभेलियन फर्किदा शतक लगाउनबाट चुक्नुभयो । ४९ रनमा जान्नेमन मलानको रुपमा पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकी पारीमा मरक्रमले कप्तान टेम्बा बभुमासँग दोस्रो विकेटका लागि १०६ रनको साझेदारी गरेर पारी उकास्नुभयो । तर टेम्बा रिटायर्ड हर्ट भएर फर्किदा रस्सी भान डर दुस्सैनले ५९ रनको योगदान दिएर पेभेलियन फर्किनुभयो । पूछारका ब्याट्सम्यानले उत्कृष्ट पारी खेल्न नसकेपछि दक्षिण अफ्रिका जितभन्दा १५ रन टाढा रहन गयो ।
श्रीलङ्काली बलिङमा अकिला धनञ्जयले सर्वाधिक दुई तथा चमिका करुणारत्ने, वनिन्डु हसरङ्गा र प्रवीण जयाविक्रमाले एक एक विकेट लिनुभयो ।
त्यसअघि, कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको श्रीलङ्काले पुरै ५० ओभर खेलेर नौ विकेटको क्षतिमा ३०० रनको सम्मानजनक योगफल तयार गर्यो । श्रीलङ्काली पारीमा ओपनर अभिष्का फर्नान्डोले शतकीय पारी खेल्नुभयो । चरिथ अष्लङ्काले ७२ रनको उत्कृष्ट पारी खेल्दा ऊ मध्यम योगफलतर्फ अग्रसर भएको थियो ।
अफ्रिकी बलरहरुमा कगिसो रबाडा, केशव महाराजले सामान दुई दुई तथा ऐडन मरक्रम र तब्रैज सम्सीले एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?