logo
२०८१ मंसिर ९ आईतवार



तेस्रो टी ट्वान्टीमा न्युजिल्याण्डको जित

क्रिकेट |
खेलकुद |


तेस्रो टी ट्वान्टीमा न्युजिल्याण्डको जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २१ गते । न्युजिल्याण्डले लगातार दुई हार पछि बङ्गलादेशमाथि फराकिलो जित हात पारेको छ । पाहुना टोलिले जितसँगै पाँच खेलको श्रृखंलामा २–१ ले पुनरागमन गरेको छ ।
न्युजिल्याण्डले प्रस्तुत गरेको १२९ रनको लक्ष्य पछ्याउँदै घरेलु टोलिले खेल सकिन दुई बल बाँकी छदै मात्र ७६ रनको झिनो योगफलमा समेटिन पुग्यो । बङ्गलादेशका लागि मुश्फीक्र रहिम २० रनमा अविजित रहनुभयो । ओपनर मोहम्मद नईम र लिटन दासले दोहोरा योगफलमा रन जोड्नुभएपनि अपेक्षाकृत योगदान गर्न सक्नुभएन । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेनन । न्युजिल्याण्डका लागि ऐजाज पटेलले सर्बाधिक चार विकेट लिनुभयो । कोल म्याक्कोन्चेले तीन तथा रोकिन रबिन्द्रल, स्टक कुग्लेजिन र कोलिन डे ग्रान्डहमले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, ढाकामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको न्युजिल्याण्डले २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२८ रनको औसत योगफल तयार गर्यो । ६२ रनमै पाँच विकेट गुमाएको न्युजिल्याण्डको पारीमा हेनरी निकोलस र टम ब्ल्नडेलले अविजित ६६ रनको योगदान दिएर औसत योगफलसम्म पुर्याउनुभयो । निकोलासले ३६ तथा ब्ल्न्डेलले ३० रनको योगदान दिनुभयो ।
बङ्गलादेशका लागि महेदी हसन, मुस्तफिजुर रहमान र महमदुल्लाहले एक एक तथा मोहम्मद सैफुद्दीनले सर्बाधिक दुई विकेट लिनुभयो ।
ऐजाज पटेल प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?