logo
२०८१ मंसिर ९ आईतवार



नेपालले पपुवान्यूगिनीको सामना गर्दै

क्रिकेट |
खेलकुद |


नेपालले पपुवान्यूगिनीको सामना गर्दै
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २२ गते । नेपालले आज पपुवान्यूगिनीको सामना गर्दैछ । दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीय शृङ्खलाको पहिलो खेल अन्तर्गत नेपालले ओमानमा पपुवान्यूगिनीको सामना गर्न लागेको हो ।
आगामी साता सुरु हुने आईसीसी विश्वकप क्रिकेट लिग २ को तयारी स्वरुप नेपाल र पपुवान्यूगिनीबीचको खेल ओमान अल एमिरात क्रिकेट ग्राउन्डमा बिहान ११ बजेबाट सुरु हुँदैछ । नेपालले अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक एकदिबसीय शृङ्खलाको तयारी स्वरुप पपुवान्यूगिनीसँग भिड्न लागेको हो । यसअघि दुबै टोलीले पछिल्लो पटक सन् २०१८ को मार्च १५ मा विश्वकप क्रिकेटमा छनोटका लागि एक अर्का विरुद्ध उत्रेको थियो । उक्त खेलमा नेपालले पपुवान्यूगिनीलाई छ विकेटले हराएर अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता पाएको थियो ।
नेपालले हालसम्म चार टोली विरुद्ध मात्रै अन्तर्राष्ट्रिय एकदिवसीय खेलेको छ । जसमा पछिल्लो पटक घरेलु मैदानमा अमेरिका र ओमान सम्मिलित एकदिवसीय शृङ्खला सम्मिलित छ । त्यस अतिरिक्त नेपालले यूएई विरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय खेलिसकेको छ ।
नेपालका लागि ओमान र अमेरिका सम्मिलित लिग २ को खेल अत्यन्तै महत्वपूर्ण छ । सात राष्ट्र सम्मिलित लिग २ मा नेपाल छैठौं स्थानमा छ । उक्त प्रतियोगिताको तयारी स्वरुप भइरहेको खेलमा नेपालले पपुवान्यूगिनीलाई हराएर उच्च आत्मबलका साथ लिग २ को सुरुवात गर्ने ध्येय हुनेछ ।
अनुभवी ब्याट्सम्यान एवम् अलराउन्डर पारस खडकाको अनुपस्थितिमा हुन लागेको स्पर्धामा युवा खेलाडीको बाहुल्य छ । पपुवान्यूगिनी विरुद्ध पछिल्लो पटक खेलेको टोलिका अनिलकुमार साह, पारस खडका, वसन्त रेग्मी लगायतका खेलाडी रहनुहुने छैन् ।
यसअघि मैत्रीपूर्ण खेलमा नै पपुवान्यूगिनीले सोमबार अमेरिकाको सामना गरेको थियो । उक्त खेलमा पपुवान्यूगिनीलाई अमेरिकाले सात विकेटले हराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?