logo
२०८१ मंसिर ९ आईतवार



अन्तर्राष्ट्रिय एकदिबसीयमा आसिफ, कुशल र बिक्रमले ‘डेब्यु’ गर्नुभयो

क्रिकेट |
खेलकुद |


अन्तर्राष्ट्रिय एकदिबसीयमा आसिफ, कुशल र बिक्रमले ‘डेब्यु’ गर्नुभयो
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २२ गते । अन्तर्राष्ट्रिय एकदिबसीय क्रिकेटमा नेपालका तीन जना क्रिकेटरले ‘डेब्यु’ गरेका छन् । ओमान भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टोलिले लिग २ को तयारी स्वरुप पपुवान्यूगिनी बिरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीय खेल्ने क्रममा तीन जना क्रिकेटरले डेब्यु गर्नुभएको छ ।
नेपाली टोलि ब्यवस्थापनले अनुभवी विकेटकीपर ब्याट्सम्यान बिनोद भण्डारीको स्थानमा ओपनर ब्याट्सम्यान एवम् विकेटकीपर आसिफ शेषलाई अबसर दिएको छ । आसिफले सन्दीप लामिछानेको बलमा क्रिजमा संयमित पारी खेलेका चालर्स एमिनिको ‘क्याच’ लिएर विकेटकीपरको भूमिकामा आफ्नो डेब्यु खेलमा औसत सुरुवात गर्नुभएको छ । ब्याटिङको क्रममा उहाँले ३८ बलमा ३० रनको योगदान दिनुभयो ।
कुशल भुर्तेलले ओपनर ब्याट्सम्यानको रुपमा अबसर पाउनुभएको छ । डेब्यु टी ट्वान्टीमा लगातार तीन अद्र्धशतक लगाएर चम्किनुभएका कुशल भुर्तेलले भने डेब्यु अन्तर्राष्ट्रिय एकदिबसीयमा कुनै चमात्कार गर्न सक्नुभएन । उहाँ १५ रन बनाएर एलबीडब्ल्युको धरापमा पर्नुभयो ।
पपुवान्यूगिनी विरुद्धकै खेलमा औसत गतिका बलर बिक्रम सोबले समेत डेब्यु गर्ने अबसर पाउनुभएको छ । उहाँले आफ्नो प्राथमिकतालाई प्रमाणित गर्ने क्रममा पपुवान्यूगिनीका दुई जना ब्याट्सम्यानलाई पेभेलियन फर्काएर अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा सुखद सुरुवात गर्नुभयो । पहिलो एकदिबसीय खेलमै दुई विकेट लिनुहुने उहाँले कीर्तिमान बनाउनुभएको छ। सोबले पाँच ओभरको स्पेनलमा २० रन खर्चेर दुई विकेट लिनुभयो । उहाँले डेब्यु खेलको पहिलो बलमै विकेट लिनुहुने विश्वको २८ औं बलरको कीर्तिमान बनाउनुभएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?