logo
२०८१ मंसिर ९ आईतवार



महिन्दर सिंह धोनीलाई ‘मेन्टर’को जिम्मेवारी

क्रिकेट |
खेलकुद |


महिन्दर सिंह धोनीलाई ‘मेन्टर’को जिम्मेवारी
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २४ गते । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले पूर्ब कप्तान महिन्दर सिंह धोनीलाई विश्वकप खेल्ने टोलिको ‘मेन्टर’को जिम्मेवारी दिइएको छ । कप्तान धोनी एक वर्ष अघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको थियो । धोनीलाई टी ट्वान्टी विश्वकप क्रिकेटका लागि मात्रै मेन्टरको जिम्मेवारी दिइएको छ ।
आफ्नो नेतृत्वमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को तीन ठूला प्रतियोगिता टी ट्वान्टी विश्वकप, अन्तर्राष्ट्रिय एकदिबसीय विश्वकप र च्याम्पियन्स ट्रफीको उपाधि दिलाउने धोनी भारतीय क्रिकेट टोलिका एकल कप्तान हुनुहुन्छ । उहाँले यसअघि नै आफू प्रशिक्षकको भूमिकामा नआउने र नरुचाएको प्रतिक्रिया दिनुभएको थियो । बीसीसीआईले भने क्रिकेट टोलिसँग जोड्न उहाँलाई मेन्टरको भूमिका दिएको छ ।
बीसीसीआईका अनुसार धोनीलाई भारतीय टोलि ब्यवस्थापनलाई ‘सहयोग, सुझाब र निर्देशन’ दिन उक्त जिम्मेवारी दिइएको हो । यसअघि सन् २००४ मा सुनिल गावाष्करलाई भारतीय क्रिकेट टोलिको ‘कन्सल्टेन्ट’को जिम्मेवारी दिइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?