logo
२०८१ मंसिर ९ आईतवार



बेन्न स्टोक्स अझै आराममा, विश्वकप खेल्ने टोलिको घोषणा

क्रिकेट |
खेलकुद |


बेन्न स्टोक्स अझै आराममा, विश्वकप खेल्ने टोलिको घोषणा
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २४ गते । इंग्ल्याण्डले टी ट्वान्टी विश्वकप क्रिकेट खेल्ने टोलिको घोषणा गरेको छ । अलराउन्डर बेन्न स्टोक्सको नाम भने इंग्ल्याण्डले घोषणा गरेको टोलिमा छैन् । गत् महिना स्टोक्सले आफू अन्तर्राष्ट्रिय क्रिकेटबाट अनिश्चितकालका लागि विश्राम लिएको घोषणा गर्नुभएको थियो ।
तीब्र गतिका बलर टाइमल मिल्स टोलिमा अप्रत्याशित रुपमा स्थान पाउनुभएको छ । उहाँले पछिल्लो पटक सन् २०१७ मा इंग्ल्याण्डको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभएको थियो । द हण्ड्रेडको पछिल्लो संस्करणमा उहाँले उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो ।
बेन्न स्टोक्सको अनुपस्थितिमा क्रिस वोक्सले स्थान पाउनुभएको छ । उहाँले गत् जुन महिनामा पाँच वर्षपछि अन्तर्राष्ट्रिय टी ट्वान्टीमा पुनरागमन गर्नुभएको छ । साम कर्रन, देविड विल्ली, क्रिस जोर्डन र मार्क ऊडमा तीब्र गतिको बलिङको जिम्मेवारी रहनेछ ।
स्पिन आक्रमणका लागि अदिल राशिद र मोइन अलि टोलिमा अटाउनुभएको छ । लिएम लिभिंगस्टोन अलराउन्डरको भूमिकामा रहनुहुनेछ । साम विलिंग्स, जैसन रोय, जोनी बैरिष्टो, जोस बटलर र देविड मलान शीर्ष क्रमका ब्याट्सम्यानका लागि स्थान सुनिश्चित गर्नुभएको छ ।
इयन मोर्गन नेतृत्वको टोलिमा सकिब महमूद, म्याट्ट पार्किन्सन समेत टोलिमा पर्नुभएन । टम कर्रन, लियाम डौसन र जेम्स भिन्स आरक्षित खेलाडीको रुपमा टोलिसँगै रहनुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?