गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २५ गते । कोरोनाभाइरस सङ्क्रमणका कारण इंग्ल्याण्डको ओल्ड ट्राफोर्डका लागि निर्धारित भारत र इंग्ल्याण्डबीचको पाँचौं तथा अन्तिम टेष्ट खेल रद्द भएको छ । इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलिका सदस्यमा सङ्क्रमणको घटना फेला परेपछि पाँचौं तथा अन्तिम टेष्ट रद्द हुन पुगेको हो ।
इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले खेल रद्द गरिएको जानकारी गराउँदै क्रिकेट प्रशंसक र साझेदारसँग क्षमा मागेको छ । म्यान्चेष्टरमा टेष्ट खेल सुरु हुनु अघि दुई घण्टा अघि मात्रै खेल रद्द भएको घोषणा गरिएको छ । पाँचौं तथा अन्तिम टेष्ट खेल पुर्नतालिका गरेको स्थितिमा इन्डियन प्रिमियर लिग प्रभावित हुने भएकोले खेल रद्द गर्ने सहमतिमा दुबै राष्ट्र पुगेका हुन ।
पाँच खेलको टेष्ट श्रृखंलामा भारत २–१ ले अगाडि रहेको छ । पाँचौं टेष्ट खेलको नतिजा के हुने सम्बन्धमा अझै निर्णय भइनसकेको जनाइएको छ ।