logo
२०८१ मंसिर ९ आईतवार



नेपालको कमजोर सुरुवात

क्रिकेट |
खेलकुद |


नेपालको कमजोर सुरुवात
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २५ गते । नेपालले पपुवान्यूगिनी विरुद्धको दोस्रो तथा अन्तिम अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा कमजोर सुरुवात गरेको छ । छैठौं ओभरको खेल जारी रहँदा नेपालले मात्र १५ रन जोड्दा दुई विकेट गुमाएको छ । दुबै जना ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेष पेभेलियन फर्किनुभएको छ । नेपालको योगफल छ रन हुँदा पहिलो विकेटको रुपमा आसिफ शेष पेभेलियन फर्किनुभयो । उहाँले तीन रन बनाउनुभयो । लगत्तै अर्का ओपनर कुशल भुर्तेल समेत तीन रनकै ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किनुभयो । हाल ज्ञानेन्द्र मल्ल र रोहित पौडेल ब्याटिङ गर्नुभएको छ । यसअघि छैठौं नम्बरमा ब्याटिङ गर्दै आउनुभएका रोहितले आज चौथो नम्बरमा ब्याटिङ गर्न आउनुभएको छ ।
पपुवान्यूगिनीका लागि कौना भागी र नर्मन भनुआले एक एक विकेट लिनुभएको छ । एमिरात एकेड्मी रङशालामा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?