logo
२०८१ मंसिर ९ आईतवार



पाँचौं तथा अन्तिम टी ट्वान्टी न्युजिल्याण्डले जित्यो

क्रिकेट |
खेलकुद |


पाँचौं तथा अन्तिम टी ट्वान्टी न्युजिल्याण्डले जित्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २६ गते । चार खेलमै श्रृखंला गुमाइसकेको न्युजिल्याण्डले बङ्गलादेश विरुद्धको पाँचौं तथा अन्तिम टी ट्वान्टी खेल २७ रनले जितेको छ । जितसँगै पाँच खेलको श्रृखंला ३–२ मा टुगिंएको छ । यसअघि अष्ट्रेलिया, जिम्बाबवे, वेष्टइन्डिजलाई हराएको बङ्गलादेशले लगातार चौथो श्रृखंला जितेको हो ।
न्युजिल्याण्डले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याउँदै बङ्गलादेशले पुरै २० ओभर खेलेर आठ विकेटको क्षतिमा मात्र १३४ रन जोडन सक्यो । बङ्गलादेशको पारीमा अफिफ होस्सैनले बनाउनुभएको ४९ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । कप्तान महमदुल्लाह र मोहम्मद नईमले सामान २३÷२३ रनको योगदान दिनुभयो ।
न्युजिल्याण्डका लागि ऐजाज पटेल र स्कट्ट कग्लेजिनले सामान दुई दुई विकेट लिनुभयो । जैकब डफ्फी, कोल म्याक्कोञ्ची, बेन्न सियर्स र रचिम रविन्द्रले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, ढाकामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको न्युजिल्याण्डले २० ओभरमा पाँच विकेटको क्षतिमा १६१ रनको औसत योगफल तयार गर्यो । उसको पारीमा ओपनर फिन्न एलेनले ४१ तथा कप्तान टम लोथमले अद्र्धशतकीय पारी खेल्नुभयो । हेनरी निकोलास २० तथा कोल म्याकोञ्ची १७ रन बनाएर अविजित रहनुभयो ।
लाथम प्लेयर अफ द म्याच तथा नसुम अहमद प्लेयर अफ द सेरिज घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?