गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २६ गते । दक्षिण अफ्रिकाका लागि अन्तर्राष्ट्रिय टी ट्वान्टीमा सर्वाधिक रन बनाउनुहुने जिम पौल डुमिनि क्रिकेट टोलिको सल्लाहकार प्रशिक्षक नियुक्त हुनुभएको छ । सन् २०१९ को विश्वकप क्रिकेटपछि डुमिनिले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको थियो ।
सन्यासको घोषणापछि डुमिनि प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । पछिल्लो पटक उहाँले जोहानसवर्गस्थित लायन्स क्लबका प्रमुख ब्याटिङ प्रशिक्षकको रुपमा काम गर्नुभएको छ । क्रिकेट दक्षिण अफ्रिकाका निर्देशक ग्रैम स्मिथले डुमिनि टी ट्वान्टी क्रिकेटका लागि उत्तम रहेको उहाँको रन नै खुलाएको बताउनुहुँदै डुमिनिको आगमनले ब्याटिङ, बलिङ र फिल्डिङमा समेत सकारात्मक असर हुने विश्वास ब्यक्त गर्नुभयो ।
दक्षिण अफ्रिकी पर्दा पछाडिको दलमा प्रमुख प्रशिक्षकको रुपमा मार्च बाउचर, बलिङ प्रशिक्षक चार्ल लैगंभेलेट, फिल्डिङ प्रशिक्षक जस्टिन ओनटङ एवम् डुमिनि रहनुहुनेछ ।