काठमाडौं, असोज १८ गते । चौंथो संस्करणको एभरेष्ट प्रिमिएर लिग (ईपीएल० टी–२) क्रिकेटको सोमबारको पहिलो खेलमा भैरहवा ग्लाडियटर्स विजयी भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा भैरहवाले चितवन टाइगर्सलाई ६ विकेटले हराएको हो । चितवनले दिएको १६५ रनको लक्ष्य भैरहवाले १७ ओभर ६ वलमा चार विकेट गुमाएर पूरा गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको थियो ।