logo
२०८१ मंसिर ९ आईतवार



विश्वकप टि २० मा श्रीलङ्का पाँच विकेटले विजयी

क्रिकेट |
खेलकुद |


विश्वकप टि २० मा श्रीलङ्का पाँच विकेटले विजयी


शारजाह (युएइ), कात्तिक ७ गते । विश्वकप टि२० क्रिकेट प्रतियोगितामा श्रीलङ्काले आइतबार बङ्गलादेशलाई पाँच विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गर्न क्रिजमा आएको बङ्गलादेशले निर्धारीत २० ओभरमा चार विकेटको क्षतिमा १७१ रन बनाएको थियो । चरिथ असलङ्काले संकटको समयमा शानदार पालि खेलेपछि श्रीलङ्काले बङ्गलादेशद्वारा प्रस्तुत कठिन लक्ष्य हािसल गर्न सफल भयो ।

श्रीलङ्काले जवाफ दिने क्रममा पहिलो ओभरमा नै कुशल परेरालाई गुमायो । त्यसपछि दशौँ ओभरमा ७९ रन बन्दा श्रीङ्काले चार विकेट गुमाइसकेको थियो । तर असलङ्काले ४९ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरेर अविजित ८० रनको दर्शनीय पालि खेली श्रीलङ्को उद्धार गर्नुभयो । असलङ्कालाई भानुका राजपक्षेले पनि उचित साथ दिनुभयो । राजपक्षेले ३१ बलमा ५३ रनको पालि खेल्नुभयो । यी दुई ब्याट्सम्यानले पाँचौँ विकेटको साझेदारीमा ८६ रनको साझेदारी गरेपछि श्रीलङ्काले सात बल बाकी छँदै पाँच विकेटको क्षतिमा १७२ रन बनाएर लक्ष्य हािसल गरयो । विश्वकप टि२० मा श्रीलङ्काले यति धेरै रन पछ्याएको यो पहिलो पटक हो ।

यसअघि, बङ्गलादेशका लागि प्रारम्भिक ब्याट्सम्यान मोहम्मद नइमले सर्वाधिक ६२ रन बनाउनुभएको थियो । नइम आउट भएपछि बङ्गलादेशका अनुभवी ब्याट्सम्यान मुस्फिकर रहिमले ३७ बलमा अविजित ५७ रन बनाएर बङ्गलादेशको पालि राम्रो बनाउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?