logo
२०८१ मंसिर ९ आईतवार



दक्षिण अफ्रिकालाई विश्वकप टि २० क्रिकेट प्रतियोगतामा पहिलो जित

क्रिकेट |
खेलकुद |


दक्षिण अफ्रिकालाई  विश्वकप टि २० क्रिकेट प्रतियोगतामा पहिलो जित


दुबई (युएइ), कात्तिक ९ गते । दक्षिण अफ्रिकाले मङ्गलबार गत विजेता वेस्ट इण्डिज सजिलै आठ विकेटले हराएर विश्वकप टि२० क्रिकेट प्रतियोगतामा पहिलो जित हात पारेको छ ।

विस्फोटक ब्याट्सम्यानहरुको जमात रहेको वेस्ट इन्डिजले पहिलो पालीमा आठ विकेटको क्षतिमा १४३ रन मात्र बनाउनसक्यो । दक्षिण अफ्रिकाले सामान्य लक्ष्य दस बल बाकी छँदै दुई विकेटको क्षतिमा १४४ रन बनाएर हासिल गर्यो ।

दक्षिण अफ्रिकाले कप्तान तथा प्रारम्भिक ब्याट्सम्यान तेम्बा बाउमा २ रनमै रनआउट भएपनि क्रिजमा ब्याटिङ गर्न आएका अन्य तीनै ब्याट्सम्यानले शानदार ब्याटिङ गरेपछ िदक्षिण अफ्रिकाले सहजै जित हात पार्यो । क्विन्टन डि ककको स्थानमा अन्तिम समयमा खेल्ने मौका पाएका रेजा हेन्ड्रीक्सले ३० बलमा ३९ रन बनाउनुभयो । रसी भान डर डुसेन ४३ र एइडेन माक्रम ५१ रनमा अविजित रहनुभयो ।

यसअघि, तेज बलर ड्वाइन प्रेट्रियसले १७ रनमा तीन विकेट लिएर वेस्ट इन्डिजको पालिलाई समस्यामा पार्नुभएको थियो । वेस्ट इीन्डजका लागि प्रारम्भिक ब्याट्सम्यान इभिन लेविस (३५ बलमा ५६ रन)ले मात्र उत्कृष्ट प्रदर्शन गर्ननुभयो ।

डिककको विरोध

डिककले खेलअघि सबै खेलाडीले ब्ल्याक लाइभ्स म्याटर अभियानअन्तर्गत रङ्भेदविरुद्ध घुँडाले टेकेर विरोध गर्नुपर्ने निर्देशन अस्वीकार गर्दै आफूलाई वेस्ट इन्डिजको खेलबाट अलग पार्नुभयो । यद्यपि कप्तान बाउमाले व्यक्तिगत कारणले डि कक वेस्ट इन्डिजले नखेलेको बताउनुभएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?