दुबई (युएइ), कात्तिक १२ गते । विश्वकप टि२० क्रिकेटमा वेस्ट इन्डिजले शुक्रबार बङ्गलादेशलाई रोमाञ्चक खेलमा तीन रनले हराएर आफ्नाे उपाधि रक्षा अभियानलाई कायम राखेको छ ।
पहिलो खेलमा इङ्गल्यान्डसँग नराम्ररी हारेकोले सेमिफाइनल प्रवेशको सम्भावनालाई कायम राख्न वेस्ट इन्डिजलाई जित आवश्यक थियो । बङ्गलादेश भने लगातार दोस्रो पराजयपछि अन्तिम चारको होडबाट लगभग बाहिरिएको छ ।
पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारीत २० ओभरमा सात विकेटको क्षतिमा १४२ रनको सामान्य योगफल तयार पारेको थियो । बङ्गलोदशले पाँच विकेटको क्षतिमा १३९ रन मात्र बनाउनसक्यो । बङ्गलादेशलाई अन्तिम बलमा जितका लागि चौकाको आवश्यकता थियो । तर एन्द्री रसेलले कप्तान महमदुल्लाविरुद्ध योर्करसहित डट बल फालेपछि वेस्ट इन्डिजले रोमाञ्चक जित हात पार्यो । महमदुल्लाह २४ बलमा ३१ रन बनाएर अविजित रहनुभयो । वन डाउन ब्याट्सम्यान लिटन दासले पनि ४३ बलमा ४४ रन बनाउनुभयो ।
यसअघि, प्रारम्भिक ब्याट्सम्यानद्वय क्रिस गेल चार र इभिन लुइस छ रनमा आउट भएपछि वेस्ट इन्डिजको सुरुआत कमजोर भएको थियो । त्यसपछि रोस्टन चेजले ३९ र निकोल पुरनले ४० रनको साझेदारी गरेपछि मात्र वेस्ट इन्डिजले आप्mना बलरहरुले चुना्रती पेश गर्नसक्ने स्कोर बनायो । पुरनले २२ बलमा एक चौकार र चार छक्का प्रहार गर्नुभएको हो । जेसन होल्डरले पनि पाँच बलमा अविजित १५ रनको महत्वपूर्ण पालि खेल्नुभयो । एपी