logo
२०८१ कार्तिक १७ शनिवार



विश्वकप टि २० क्रिकेटमा प्रतियोगितामा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई चार विकेटले हरायाे

क्रिकेट |
खेलकुद |


विश्वकप टि २० क्रिकेटमा प्रतियोगितामा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई  चार विकेटले हरायाे


शारजाह (युएइ), कात्तिक १३ गते । विश्वकप टि २० क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले शनिबार रोमाञ्चक खेलमा एक बल बाँकी छँदा श्रीलङ्का चार विकेटले हराएर सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।

पहिले ब्याटिङ गरेको श्रीलङ्काको पालि निर्धारित २० ओभरमा १४२ रनमा सीमित भएको थियो । दक्षिण अफ्रिकाले १९.५ ओभरमा छ विकेटको क्षतिमा १४६ रन बनाएर लक्ष्य हािसल गर्यो । दक्षिण अफ्रिकालाई ब्याटिङ गर्न कठिन पिचमा अन्तिम दुई ओभरमा २४ रन बनाउन आवश्यक थियो । डेभिड मिलरले अन्तिम ओभरमा दुई छक्का प्रहार गरेपछि दक्षिण अफ्रिकाको जित सम्भव भयो । मिलर १३ बलम २३ र कागिसो रबाडा सात बलमा १३ रनमा अविजित रहेर दक्षिण अफ्रिकालाई महत्वपूर्ण दुई अङ्क दिलाउनुभयो । दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले पनि ४६ रन बनाउनुभयो ।

दक्षिण अफ्रिकाको यो तीन खेलमा दोस्रो जित हो । श्रीलङ्का भने एक जित र दुई हारको स्थितिमा रहेको छ । श्रीलङ्काकाका लागि आज प्रारम्भिक ब्याट्सम्यान पथुम निसान्काले ५८ बलमा छ चौका र तीन छक्कासहित ७२ रनको शानदार पालि खेल्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?