logo
२०८१ मंसिर ९ आईतवार



विश्वकप टि २० क्रिकेटमा अफगानिस्तानले आइतबार नामिबियालाई ६२ रनले सजिलै हराए

क्रिकेट |
खेलकुद |


विश्वकप टि २० क्रिकेटमा अफगानिस्तानले आइतबार नामिबियालाई ६२ रनले सजिलै हराए


दुबई (युएइ), कात्तिक १४ गते । अफगानिस्तानले आइतबार नामिबियालाई ६२ रनले सजिलै हराएर विश्वकप टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राखेको छ । अफगानिस्तानको तीन खेलमा यो दोस्रो जित हो ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारीत २० ओभरमा पाँच विकेटको क्षतिमा १६० रन बनाएको थियो । अफगानिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान मोहम्मद सहजादले ३३ बलमा सर्वाधिक ४५ रन बनाउनुभयो । यद्यपि सो खेल पूर्व कप्तान अस्गर अफगानका लागि विशेष रह्यो । अफगानिस्तनका लगि आफ्नाे कप्तानीमा सर्वाीधक खेल जिताउने अस्गरले आफ्नाे अन्तिम खेलमा २३ बलमा ३१ रन बनाएर महत्वपूर्ण यागदान दिनुभयो । अस्गरले नामिबियाको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गर्नुभएको थियो । कप्तान मोहम्मद नावी १७ बलमा ३२ रनमा अविजित रहनुभयो ।

नामिबियाले लक्ष्य पछ्याउन् क्रममा नौ विकेटको क्षतिमा ९८ रनमात्र बनायो । नामिबियाका लागि डेभिड विजेले सर्वाधिक २६ रन बनाउनुभयो । तेज बलरदय नवीन उल हक र हामिन हसनले तीन–तीन विकेट लिएर नामिबियाको पालि धरासायी पार्नुभयो । स्पीनर मुजीबुर घाइते भएपछि मात्र हसनले नामिबियाविरुद्ध खेल्ने मौका पाउनुभएको हो । यसैगरी गुलबुद्दिन नैबले दुई तथा रसिद खानले एक विकेट हात पार्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?