logo
२०८१ मंसिर ९ आईतवार



बङ्गलादेशलाई फराकिलो अन्तरले हराएर अस्ट्रेलियाले सेमिफाइनलमा पुग्ने सभावना बलियो पार्यो

क्रिकेट |
खेलकुद |


बङ्गलादेशलाई फराकिलो अन्तरले हराएर अस्ट्रेलियाले सेमिफाइनलमा पुग्ने सभावना बलियो पार्यो


दुबई (युएइ), कात्तिक १८ गते । लेग स्पीनर एडम जाम्पाले १९ रनमा पाँच विकेट लिएपछि विश्वकप टि २० क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले बिहिबार बङ्गलादेशलाई एकपक्षीय खेलमा आठ विकेटले हराएको छ ।

जााम्पाले अस्ट्रेलियाको टि २० इतिहासमै सर्वश्रेष्ठ प्रदर्शन गरेपछि पहिले ब्याटिङ गरेको बङ्गलादेश ७३ रनमै अलआउट भएको थियो । अस्ट्रेलियाल ६.२ ओभरमा दुई विकेटको क्षतिमा ७८ रन बनाएर लक्ष्य हािसल गर्यो । अस्ट्रेलियाका लागि सेमिफाइनल पुग्ने होडमा दक्षिण अफ्रिकालाई रनरेटमा पछाडि पार्न आठभन्दा कम ओभरमा जित हार्न आवश्यक थियो । कप्तान आरोन फिन्चले २० बलमा ४० रन बनाएपछि अस्ट्रेलिया आफ्नाे अभियानमा सफल भयो ।

समूह १ मा अस्ट्रेलियाले आफ्नाे अन्तिम खेल वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले गत विजेता इङ्गल्यान्डको सामना गर्नेछन् । बङ्गलादेश पाँच खेलमै पराजित भएर घर फर्कने भएको छ ।

एपी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?